नेप्से परिसूचक ३२ अंकले वृद्धि, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार

<p>काठमाडौं, २९ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलब ४१ अंकले बढेर अन्तिम दिन १४७९.८६ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएता पनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । साताभर जम्मा एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको [&hellip;]</p>

nepse_weklyकाठमाडौं, २९ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३२ दशमलब ४१ अंकले बढेर अन्तिम दिन १४७९.८६ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा सुधार आएता पनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । साताभर जम्मा एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १४८ कम्पनीको एक करोड ३३ हजार सात सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

प्रतिशतका आधारमा उक्त कारोबार रकम गत साताको भन्दा १९ दशमलब ७४ प्रतिशत कम हो । गत साता १४७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १८,५५१ कारोबारबाट दुई अर्ब १६ करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरका ४५ लाख ४९ हजार एक सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

बजारमा होटल र विकास बैंक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५ दशमलब ६७ अंकले उकालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक, जलविद्युत र वित्त समूहको परिसूचक क्रमशः ३८.२३, २८.४९ र २५.६२ अंकले उकालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ४१ र ०.२६ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहका परिसूचक भने सामान्य अंकले बढेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७.३४ अंकले बढेर ३१९.९६ अंकमा आईपुगेको छ ।  यस साता सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।इन्स्योरेन्सको १३ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी नविल व्यालेन्स फण्ड १ को २५ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ ।

Share News