ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्स्पो हुँदै, मोबाइल खरिदमा विभिन्न छुट र उपहार

<p>काठमाडौं, २९ पुस । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका [&hellip;]</p>

lalitpur_complexकाठमाडौं, २९ पुस । लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल एक्स्पो आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो । ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन यो योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिएका छन् । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामी कहाँ नियमित आउने गर्दछन्,” उनले भने, “यो अंग्रेजी नयाँ वर्षमा सबै मोबाइल खरिदकर्ताहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।”

Share News