काठमाडौं । सरकारले नेपाललाई जेष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको भूमिका बारे नीतिगत व्यवस्था गरिने जनाएको छ ।
आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जेष्ठ नागरिकलाई सार्वजनिक सेवा प्राथमिकता दिनुका साथै सहुलियतको प्रबन्ध गरिने उल्लेख छ ।
स्थानीय तह मार्फत घरमै नियमित स्वास्थ्य परिक्षण एवं औषधीको उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।