काठमाडौं । सरकारले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाललाई औषधीमा आत्मनिर्भर बनाइने उल्लेख छ ।
यसका लागि निजी क्षेत्रको सहयोगमा औषधी उद्योगको संख्या बढाइने जनाइएको छ ।