बचत गर्न नयाँ बैंकमा फाइदा, ऋण लिन पुराना बैंकमा फाइदा

<p>काठमाडौं, २९ पुस । बैंकबाट ऋण लिदै हुनुहुन्छ ?  वा आफुसँग भएको पैसा डिपोजिट गर्ने सोँचमा हुनुहुन्छ ? ख्याल गर्नुहाेस्-तपाईका लागि निक्षेप राख्न र ऋण लिन छुट्टा छुट्टै बैंक उपयुक्त हुन सक्छन् । यतिबेला निक्षेप राख्न नयाँ बाणिज्य बैंक उपयुक्त देखिएका छन् । नयाँ बाणिज्य बैंकहरुले उच्च ब्याज दरमा निक्षेप आव्हान गरिरहेका छन् । तपाईले [&hellip;]</p>

Interest-Rateकाठमाडौं, २९ पुस । बैंकबाट ऋण लिदै हुनुहुन्छ ?  वा आफुसँग भएको पैसा डिपोजिट गर्ने सोँचमा हुनुहुन्छ ? ख्याल गर्नुहाेस्-तपाईका लागि निक्षेप राख्न र ऋण लिन छुट्टा छुट्टै बैंक उपयुक्त हुन सक्छन् । यतिबेला निक्षेप राख्न नयाँ बाणिज्य बैंक उपयुक्त देखिएका छन् । नयाँ बाणिज्य बैंकहरुले उच्च ब्याज दरमा निक्षेप आव्हान गरिरहेका छन् ।

तपाईले नयाँ बैंकमा मुद्दति निक्षेप राख्नुभयो भने दुई अंकसम्मको ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईलाई ऋण लिन भने पुराना बाणिज्य बैंक उपयुक्त देखिन्छन् । पुराना बैंकले न्युन ब्याजदरमा ऋण अफर गरिरहेका छन् ।

यी हुन धेरै ब्याज दिने बैंक
अधिकांश नयाँ बैंकले मुद्दति निक्षेपमा उच्च ब्याजदर दिईरहेका छन् । जसमा सिभिल बैंक, जनता बैंक, मेगा बैंक लगायत पर्छन् । यी सबै नयाँ बैंक हुन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ । मेघा बैंकले १० प्रतिशत ब्याज नै दिने भनेको छ । त्यस्तै सिभिल बैंकले १११ दिने मुद्दति खातामा ११ दशमलव १ प्रतिशत व्याज दिने योजना अघि सारेको छ ।

पुराना र स्थापित बैंकहरुले भने निक्षेपकर्तालाई ८ प्रतिशतभन्दा कम व्याज दिदै आएका छन् ।

ऋण लिन पुराना बैंक

पैसा बचत गर्न नयाँ बैंक फाइदा जनक छ । तर ऋण लिन पुराना बैंक बैंकबाट फाइदान हुन्छ । नयाँ बैंकले नयाँ कर्जाको लागि १४/१५ प्रतिशत व्याज लिन थालेका छन् । तर पुराना बैंकले ९ प्रतिशतभन्दा कम व्याजदरमा पनि कर्जा दिईरहेको छन् ।

पुराना बैंकहरुले एक अंकको ब्याजदरमा ऋण दिइरहेका छन् । यसरी एक अंकको ब्याजदरमा ऋण दिने बैंकहरुमा नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत रहेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७ दशमलव २५ प्रतिशतमा घर कर्जा दिदै आएको छ । साथै घर बनाउन कर्जा लिन ग्राहकलाई २० हजार अनुदान समेत दिने स्कीम ल्याएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले व्यवसायिक कर्जा साढे ७ देखि ८ प्रतिशतमा  दिईरहेको छ भने हाउजिङ तथा रियल स्टेट कर्जा ९ देखि १० प्रतिशतमा दिईरहेको छ । बैंकले साढे ७ प्रतिशत ब्याजदरमा अटो लोन दिईरहेको छ ।

नेपाल बैंकले पनि न्युन ब्याजदरमा ऋण प्रवाह गरिरहेको छ । बैंकले ९ प्रतिशतमा घर कर्जा दिईरहेको छ भने व्यवसायिक ऋण साढे ८ प्रतिशतमै दिईरहेको छ ।

नयाँ बैंकले नयाँ कर्जाको व्याज १४/१५ प्रतिशत पुर्याएका छन् । ग्लोबल आईएमई बैंकले शुक्रबार जारी गरेको व्याजदरको सम्बन्धी सूचनामा कर्जाको अधिकतम व्याज १५ दशमलव ५ प्रतिशत पुगेको जनाएको छ । व्याजदर महँगो भएको समयमा बैंकतथा वित्तीय संस्थाहरुले कर्जा प्रोसेशिङ शुल्क १ देखि २ प्रतिशतसम्म लिन थालेका छन् ।

नयाँ बैंकहरु निक्षेप आकर्षित गर्ने होडबाजीमा लागिरहेका बेला स्थापित तथा पुराना बाणिज्य बैंकहरुले कम ब्याजदरमा धमाधम ऋण प्रवाह गरिरहेका छन् ।

Share News