सान्जोसेले धोका दिएपछि विमानस्थल विकास शुल्क रनवेमा, ३ अर्ब खर्चेर ३ हजार मिटरको रनवे मर्मत

<p>काठमाडौ २९, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले धोका दिएपछि विमानस्थको धावनमार्ग नेपाल नागरिक उड्डयन प्राधिकरण आफैंले बनाउने भएको छ । तीन वर्षभित्र विमानस्थल विस्तारको काम गर्न ६ अर्ब खर्च गर्ने जिम्मा पाएको भएपनि चित्तबुझ्दो काम नगरेका कारण यो कम्पनीसँगको ठेक्का सम्झौता गत महिना तोडिएको छ । एसियाली [&hellip;]</p>

काठमाडौ २९, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने जिम्मा स्पेनिस कम्पनी सान्जोसे कन्स्ट्रक्टोराले धोका दिएपछि विमानस्थको धावनमार्ग नेपाल नागरिक उड्डयन प्राधिकरण आफैंले बनाउने भएको छ । तीन वर्षभित्र विमानस्थल विस्तारको काम गर्न ६ अर्ब खर्च गर्ने जिम्मा पाएको भएपनि चित्तबुझ्दो काम नगरेका कारण यो कम्पनीसँगको ठेक्का सम्झौता गत महिना तोडिएको छ । एसियाली विकास बैङ्क (एडीवी)को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको विस्तारको काम सान्जोसेले तीन वर्षदेखि गर्दै आएको थियो ।

एसियाली विकास बैंक (एडीबी)को ७ करोड डलर ऋण र एक tiaairport111करोड डलर अनुदान लिएर तीन वर्षभित्र विमानस्थल विस्तार गर्न जिम्मा पाएको भएपनि निर्धारित समयमा जम्मा १६ प्रतिशत मात्रै काम गरेका कारण प्राधिरणले यसको ठेक्का तोडेको हो । यो ठेक्का तोडेपछि प्राधिकरण आफैंले विमानस्थल विस्तारको काम गरिरहेको बताएको छ ।

प्राधिकरण आफैंले विमानस्थको धावनमार्ग (रनवे) मर्मतको काम गर्ने भएको छ । प्राधिकरणले हरेक विदेश जाने यात्रुबाट लिएको विमानस्थल विकास शुल्कको प्रयोग गरेर धावनमार्ग मर्मत गर्ने भएको छ ।

प्राधिकरणले ३ हजार मिटरको धावनमार्ग मर्मत गर्न ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए । उनका अनुासार तीन वर्षअघिदेखि उठाउन सुरु भएको प्रतियात्रु एक हजार रुपैयाँको यस्तो विमानस्थल शुल्क धावनमार्ग मर्मतमा नै खर्चन लागिएको छ ।

प्राधिकरणले विमानस्थलको धावनमार्ग मर्मत गर्ने र चार वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ पनि बनाउने भएको छ । हाल पार्किङ अभावका कारण प्राधिकरणलाई निकै असजता हुँदै गएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज थप भइरहने र जहाज पार्किङ भने कम भएकोले निकै समस्या हुन थालिसकेको विमानस्थल कार्यालयको भनाइ छ ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७१/७२ बाट उठाउन सुरु गरिएको विमनस्थल विकास शुलक पहिलो वर्ष १ अर्ब ६५ करोड उठेको छ । दोस्रो वर्ष १ अर्ब ४८ करोड २९ लाख रहेको छ । चालू आवष्मा पनि १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान प्राधिकरणको छ । यही रकम खर्च गरेर धावनमार्ग र पार्किङ वे निर्माण गर्न लागिएको पनि प्राधिधकरणको भनाइ छ ।

प्राधिकरणले नेपालबाट बाहिर जाने हरेक यात्रुका लागि प्र्रतिव्यक्ति भ्याट बाहेक १ हजार रुपैयाँ लिँदै आएको छ । यस्तो शुल्क विमानस्थ संचालन निर्देशिका अनुसार विमानस्थलको क्षमता विस्तार, यात्रु सेवा वा विमानस्थलको विकासमा मात्रै लगाउन पाइने सर्त तोकिएको पनि प्राधिकरणको भनाइ छ ।

तीन वर्षमा सान्जोसेले विमानस्थलको भौतिक पूर्वाधार बनाउने, नयाँ टर्मिनल भवन बनाउने, हवाई उडानका विभिन्न प्रविधि जडान गर्ने काम गर्नुर्पे थियो । यस्तो काममा त्रिभुवन विमानस्थलको एयर साइट विकासमा तीन सय मिटर धावनमार्ग बढाउने, नयाँ ट्याक्सी वे बनाउने, धावनमार्गमा सेन्ट्रलाइन लाइट जडान, नौ वटा अन्तर्राष्ट्रिय उडानका जहाजको पार्किङ क्षेत्र थप गर्ने, नयाँ प्रस्थान गेट बनाउने, आगमनमा नयाँ व्यागेज क्षेत्र बनाउने, एयर ट्राफिक कन्ट्रोलरको अटोमेसनसहतिका प्राविधि काम गर्ने उल्लेख छ । यी सबै काममा प्रगति नभएकोले ठेक्का सम्झौता तोडेर अब प्राधिकरण आफैंले वार्षिक वजेटबाट बनाउने तयारी थालिरहेको पनि उल्लेख छ ।

Share News