आरम्भ माईक्रोफाईनान्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं, २८ पुस । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । उक्त सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक [&hellip;]</p>

काठमाडौं, २८ पुस । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ ।

aarambha_microfinance_2ndAG

साथै, आर्थिक वर्ष ०७३/०७४ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । उक्त सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

माइक्रोफाइनान्सले विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई करिब ६ हजार भन्दा बढि घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको छ । संस्थाले हालसम्म १ करोड ५१ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म २७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

Share News