माघ १९ देखि ४० मेगावाट विद्युत् काठमाडौं भित्रदै, प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा

<p>काठमाडौं, २८ पुस । आगामी माघ १९ गतेदेखि भारतबाट आयात गरिएको ४० मेगावाट विद्युत काठमाडौं आउने भएको छ । मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आयातित विद्युत् काठमाडौं ल्याउन सम्भव हुन लागेको हो । उक्त लाइन माघ १ गतेदेखि काठमाडौंसँग जोडिने भएको छ । पछिल्लो समयमा द्रुत गतिमा निर्माण कार्य अघि बढेसँगै तोकिएको [&hellip;]</p>

dhalkebar_prasaran_lineकाठमाडौं, २८ पुस । आगामी माघ १९ गतेदेखि भारतबाट आयात गरिएको ४० मेगावाट विद्युत काठमाडौं आउने भएको छ । मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आयातित विद्युत् काठमाडौं ल्याउन सम्भव हुन लागेको हो । उक्त लाइन माघ १ गतेदेखि काठमाडौंसँग जोडिने भएको छ । पछिल्लो समयमा द्रुत गतिमा निर्माण कार्य अघि बढेसँगै तोकिएको समयभित्रै प्रसारण लाइन बन्ने भएको ऊर्जा मन्त्रालयले बताएको छ ।

आयातित विद्युत काठमाडौं ल्याउन समय निर्धारण गरेरै प्रसारण लाइन निर्माण कार्य थालनी गरिएको थियो । अब प्रसारण लाइन निर्माण कार्य बेलैमा परीक्षण गरेर सिष्टमलाई तयारी अवस्थामा राख्न सकिने अवस्थामा पुगेको उनले बताए । उक्त मुजफ्फरपुर-ढल्केवर-खिम्ती प्रसारण लाइन भारतको बिजुली काठमाडौंमा ल्याउन हाल उपलब्ध दुई प्रसारण लाइनमध्ये छोटो हो ।

यसबाहेक भारतको विद्युत् काठमाडौं ल्याउन सकिनेमा ढल्केवर-हेटौंडा-कुलेखानी-मातातीर्थ-स्युचाटार अर्को प्रसारण लाइन छ । ‘उक्त प्रसारण लाइनबाट बिजुली काठमाडौं ल्याउँदा लामो बाटोका कारण भोल्टेजको समस्या पर्ने प्राविधिकले औल्याएपछि खिम्ती-ढल्केवरकै प्रसारण लाइन प्रयोग गर्न लागिएको हो ।

तर, प्राधिकरणले भने आयातित विद्युत हेटौंडा आउने वित्तिकै त्यसक्षेत्रका साथै हेटौडादेखि पूर्व र दक्षिण क्षेत्रमै वितरण गर्ने योजना बनाएको छ ।’ ढल्केवर-हेटौंडा प्रसारण लाइनको विद्युत् ढल्केवर, पथलैया, परवानीपुर, सिमरा, वीरगञ्ज, चन्द्रनिगाहपुर, कमाने (हेटौंडा) र चौकीटोल (हेटौंडा) सबस्टेशनमा जोडिने क्रममा सोही क्षेत्रहरूमा वितरण हुने प्राधिकरणको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माले यी स्थानहरुको स्थलगत भ्रमण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट हाल १ सय २० मेगावाट विद्युत् आयात भइरहेको छ । हालको १ सय २० र थप ४० मेगावाट विद्युत् प्रसारका लागि साविकको प्रसारण क्षमताले नधान्ने भएपछि भारतको मुजफ्फरपुर सबस्टेशनमा थप ट्रान्सफर्मर जडान गरिएको छ । यो प्रसारण लाइनलाई ४ सय केभी पूर्ण क्षमतामा स्तरोन्नति गर्न लागिएको छ ।

ढल्केवरसम्म आइपुग्ने भारतीय बिजुली ढल्केवर-खिम्ती २२० केभीको प्रसारण लाइन भएर आउनेछ । यसका लागि बिजुलीले मुजफ्फरपुर-ढल्केवर-खिम्ती-लामोसाँघु-भक्तपुर-काठमाडौंको बाटो तय गर्नेछ । यो बाटो भएर यस वर्षमा अधिकतम ९० मेगावाट विद्युत् काठमाडौं ल्याउने प्राधिकरणको योजना रहेको छ ।

शर्मा मन्त्री भएपछि काठमाडौं उपत्यकका लोडसेडिङ प्राय अन्त्यनै भएको अवस्था छ । अब भारतबाट आयातित विद्युत पनि प्रसारण लाइनमा जोडिएपछि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ । यसै द्रुर्त गतिमा निर्माणाधिन आयोजनाहरुको काम अघि बढ्दै गएमा १० वर्षमा उत्पादन गर्ने भनिएको १० हजार मेगावाट विद्युत् सहजै उत्पादन गर्न सकिने बताइएको छ ।

Share News