सेयर बजारमा सामान्य सुधार, खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० [&hellip;]</p>

काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ ।

nepse_thursday

बजारमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य करिब ३५३ रुपैयाँ रहेको छ । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् ।

बजारमा कारोबार भएका होटल समूह र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक करिब १० अंकले उकालो लागेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः ३० र २ अंकले ओरालो लागेका छन् ।

Share News