लेखा समितिमा एमाले-माओवादी भिडन्त, पशुपति चौलागाई कि हरिबोल गजुरेल ?

<p>काठमाडौं, २८ पुस । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति कसले लिने भन्नेमा एमाले र माओवादी केन्द्रबिच हानथाप सुरु भएको छ । एमालेले लेखा समिति प्रतिपक्षीले लिने अन्तराष्ट्रिय मान्यता अनुसार आफुले पाउनु पर्ने बताउँदै आएको छ । उता, माओवादी केन्द्रले भने आफ्नो भागमा परेको समिति भन्दै आफैंसँग राख्नुपर्ने सर्त अघि सारेको छ । अन्यथा एमालेले आफ्नो [&hellip;]</p>

pasupati_haribolकाठमाडौं, २८ पुस । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति कसले लिने भन्नेमा एमाले र माओवादी केन्द्रबिच हानथाप सुरु भएको छ । एमालेले लेखा समिति प्रतिपक्षीले लिने अन्तराष्ट्रिय मान्यता अनुसार आफुले पाउनु पर्ने बताउँदै आएको छ । उता, माओवादी केन्द्रले भने आफ्नो भागमा परेको समिति भन्दै आफैंसँग राख्नुपर्ने सर्त अघि सारेको छ । अन्यथा एमालेले आफ्नो भागको एउटा समिति छोड्नुपर्ने सर्त माओवादी सर्त छ ।

दुई दलबिच सभापति कसले लिने भन्ने विवाद नमिलेपछि पुस २७ गतेका लागि सभापति छान्न डाकिएको बैठक सारिएको थियो । एमालेले पशुपति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको छ भने माओवादी केन्द्रले पुर्व मन्त्री समेत रहेका नेता हरिबोल गजुरेललाई अघि सारेको छ । यी दुईबिच बुधबार चुनावी प्रतिष्पर्धा हुने तय भएको थियो तर सभामुखले सहमतिका लागि प्रयास गर्न भन्दै बैठक स्थगित गरेकी थिइन् ।

एमाले संसदिय दलका प्रमुख सचेतक भानभुक्त ढकालले एमाले सत्तासिन हुँदा लेखा समितिको सभापति छोड्ने गरि हाललाई आफ्नो पार्टीले सभापति पाउनुपर्ने बताए ।‘हिजो प्रतिपक्षी हुँदा माओवादीलाई दिएकै हो, अहिले हामी प्रतिपक्षमा छौं, भोली सत्ता पक्ष भयौं भने छोड्न तयार छौं तर अहिले हामीलाई नै सभापति दिनुपर्छ ।’

उनले आफ्नो पार्टीले पशपुति चौलागाईलाई सभापतिका रुपमा अघि सारेको पनि जानकारी दिए । सहमतिमै सभापति चयन हुने र नेतृत्व एमालेले पाउने दावी पनि उनले गरे । हाल रिक्त रहेको सार्वजनिक लेखा समिती, संबिधान कार्यान्वयन र अनुगमन समिति र महाअभियोग सिफारिस समितिमा तीन दलले भाग बण्डा गर्नुपर्ने धारणा पनि राखे ।

Share News