लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

<p>काठमाडौं । बाँके कोहलपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई पनि पक्राउ गरेको [&hellip;]</p>


काठमाडौं । बाँके कोहलपुरमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गोली लागेर कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

Share News