मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुने

<p>काठमाडौं । सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुने भएको छ । वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो । सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग [&hellip;]</p>

काठमाडौं । सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुने भएको छ । वैशाख २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा हुन लागेको हो । सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् ।

Share News