काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशन १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको छ । आफ्नो १८औं वार्षिकोत्सवलाई कंगारुले सामाजिक कार्यमा समर्पित गर्दै मनाएको छ । १८ वर्ष अगाडि अप्रिल ३० मा कम्पनीको स्थापना भएको हो ।
कँगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित विभिन्न कलेज तथा युनिभर्सिटी, सरोकारवाला लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् ।
‘विद्यार्थी र अभिभावकको विश्वास र मायाकै कारण हामीले १८ वर्षसम्मको यो अवधिमा परामर्श सेवा क्षेत्रमा उत्कृष्ट पहिचानसहित कम्पनीलाई उभ्याउन सफल भएका छौं,’ तिमिल्सिनाले भने, ‘आगामी दिनमा पनि अझै बढी विश्वास जित्नेमा विश्वस्त छौं ।’ विद्यार्थीको चाहना अनुसारको सेवा प्रदान गरिरहेकाले पनि कम्पनी धेरैको रोजाईमा पर्न सफल भएको उनले बताए । कँगारुबाट १५ हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेको बताएका छन् ।
यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा वर्षेनी सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गर्ने गरेको छ । यो वर्ष वार्षिकोत्सवको अवसरमा कम्पनीले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।