१५ हजार घुससहित पक्राउ परेका महाराजगञ्जका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

<p>काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत चैत १८ गते वडाध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो । सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनलाई रकमसहित पक्राउ गरिएको [&hellip;]</p>

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गत चैत १८ गते वडाध्यक्ष अलीलाई १५ हजार रुपैयाँ घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनलाई रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार पक्राउ परेका अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

Share News