काठमाडौं, २५ पुस । सेती फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । पुस २२ गते कम्पनीको सञ्चालक समितिले ९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको निर्णयमा नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको समर्थनपछि सेयरधनीले सो लाभांश पाउनेछन् ।

हाल यस फाइनान्सको सेयर पुँजी १५ करोड ८६ लाख रुपैयाँ छ । कम्पनीको सेयर आईतबार प्रतिकित्ता २२१ रुपैयाँमा कारोबार भएको छ । चार महिनाअघि यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ पुगेको थियो ।