गोरखा भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन

<p>गोरखा । वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो, भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो । आज सोहि भूकम्प गएको ९ वर्ष पुरा भएको छ । करिब १५ सयभन्दा बढी घरघुरी, [&hellip;]</p>

गोरखा । वि.सं. २०७२ साल बैशाख १२ गते शनिबार ११ः५६ मा गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो, भने गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो ।

आज सोहि भूकम्प गएको ९ वर्ष पुरा भएको छ । करिब १५ सयभन्दा बढी घरघुरी, अधिकांश मानिसहरु बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, ढुंगाले छाएको घर, बाटो भरि ढुंगा बिछ्याइको सुन्दर गाँउको रुपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

मौलिकता मासिएको छ, र परिचय फेरिएको छ, भूकम्पको केन्द्रबिन्दु बारपाक । आजभोली बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरु आउने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटलहरु खुलेकाले बारपाक लागि घुम्ने नयाँ गन्तव्य बनेको छ ।

परम्परागत ढुंगाले छाइएको घरको सट्टा आधुनिक र पक्की घरहरु निर्माण गरिएको छ, ढुंगा छापिएका बाटोहरु मोटर बाटोमा परिणत भएका छन् । ९ वर्ष अगाडी भूकम्पले मानसिक र शारीरिक रुपमा पुर्याएको घाउका टाटाहरु मात्र बाकी छन् बारपाकीहरुको मनमा, दैनिकी सामान्य बन्दै गएको छ, मेलापात, घाँसदाउरा वनजंगल गर्दा गाइने गीतहरुले भूकम्पको कम्पनलाई बिर्साएको छ ।

Share News