नेपालको आफ्नै ग्यास बुलेट काठमाडौं भित्रियो, वार्षिक साढे तीन अर्ब बचत

<p>काठमाडौं २५, पुस । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको छ । बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका बुलेट [&hellip;]</p>

काठमाडौं २५, पुस । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको छ ।

gas-bullet

फाइल फोटो

बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका बुलेट नहुँदा अहिलेसम्म भारतीय कम्पनीका बुलेटमार्फत ग्यास आयात गरिँदै आएको थियो । नेपाली नम्बरका बुलेट भित्रिएपछि भारतको एकाधिकार क्रमिक रुपमा तोडिँदै जाने उद्योगीको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्सारमा रोकिएका नेपाली नम्बरका ग्यास बुलेट भन्सार पास भई नेपाल भित्रिएको बताए । “पहिलो चरणमा परीक्षणका लागि दुइटा बुलेट नेपाल ल्याएका छौं,” घिमिरेले भने, “सबै प्रक्रिया मिलेर नेपाल भित्रिएकाले पनि एकदुई दिनमै ग्यास ल्याउनका लागि ती बुलेट भारत जानेछन् ।”

उनले भारतमै निर्माण गरी राखिएका थप तीन सय बुलेट चाँडै नेपाल ल्याउने बताए । अध्यक्ष घिमिरेले भने, “नेपाली नम्बरका बुलेटबाट ग्यास आयात गर्दा ढुवानीमार्फत बाहिरिने अर्बौ रुपैयाँ नेपालमै रहन्छ ।” ग्यास ढुवानीबापत बाहिरिने वार्षिक साढे तीनदेखि ४ अर्ब रुपैयाँ बचत हुने उनको भनाइ छ ।

नेपाली बुलेटबाट ग्यास आयात गर्दा चालकदेखि सहचालकसम्म नेपाली नै रहने र सरकारलाई कर तिर्ने भएकाले ठूलो रकम बाहिरिनबाट बच्ने उद्योगीहरुको भनाइ छ ।

निजी उद्योगीले आफ्नै लगानीमा बुलेट तयार गरी नेपालमा ल्याएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएको थियो । उद्योगीका अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ लागेको छ । दुई तिहाई कर छुटमा उद्योगीले ग्यास बुलेट नेपाल ल्याएका हुन् ।

नेपाल आयल निगमका अनुसार सरदर मासिक ४ सय ५० बुलेटले ग्यास ल्याउने गरेका छन् । चिसोको समयमा ग्यासको खपत धेरै हुँदा ६ सय बुलेट ग्यास नेपाल आउने गरेको छ । निगमका अनुसार एक बुलेट ग्यास नेपाल ल्याउँदा १ लाख रुपैयाँ खर्च हुन्छ । कारोबार दैनिकबाट ।

Share News