काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि एस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो ।
ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टीभीएसले आईक्यूब मार्फत नेपालमा ईलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।
ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टीभीएस आईक्यूब खरिद गर्न पाउने छन् । टीभीएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ ।
विश्वमा टीभीएस आईक्यूबका करिब ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।