नेपाल बङ्गलादेश बैंकको ४० औं शाखा चितवनको खैरहनीमा

<p>काठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा चितवन जिल्लाको खैरहनीमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा सो स्थानमा शाखा सञ्चालन गरेको हो । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा आइतबार संयुक्त रुपमा गरिएको थियो [&hellip;]</p>

nbbankकाठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ४० औँ शाखा चितवन जिल्लाको खैरहनीमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तारको क्रममा सो स्थानमा शाखा सञ्चालन गरेको हो ।

उक्त शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा आइतबार संयुक्त रुपमा गरिएको थियो । सोहि अवसरका बैंकको एटिएमको उद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा संयुक्त रुपमा गरिएको थियो ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका छन् । खैरहनी शाखा सहित बैंकले ४० शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैकिङ्ग सेवा तथा ३८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंकको आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९ अर्ब ६० करोड रुपैयाँ र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Share News