६ अंकले नेप्से घट्दा ४१ करोडको कारोबार, होटल बाहेक बाँकी समूहको परिसूचक राताम्मे

<p>काठमाडौं, २४ पुस । आइतबार बजारमा उतार चढाव देखिएको छ । नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १४४७ दशमलब ४५ अंकमा झरेको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको १७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा होटल समूहको परिसूचक बाहेक [&hellip;]</p>

काठमाडौं, २४ पुस । आइतबार बजारमा उतार चढाव देखिएको छ । नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १४४७ दशमलब ४५ अंकमा झरेको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको १७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।
nepse_sunday
बजारमा होटल समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूहको परिसूचक ३३ दशमलब २२ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११ दशमलब १७ अंकले घटेको छ ।
nepse_index_sunday

आइतबार सबैभन्दा बढी बैंक अफ काठमाण्डू लुम्बिनीको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ रहेको छ ।

Share News