रोयल इन्फिल्डले बालकुमारीमा खोल्यो ट्रेनिङ सेन्टर

<p>काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे । सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको [&hellip;]</p>

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएको छ ।

उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे ।

सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ ।

ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।

Share News