डिस मिडियाको सीईओमा बैंकर मानन्धर नियुक्त, आजैदेखि सम्हाले कार्यभार

<p>काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकिङ क्षेत्रको विशेष अनुभव भएका मानन्धरले फरक क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएका हुन् । नवनियुक्त सीईओ मानन्धरले आजै अर्थात बैशाख ३ गतेदेखि नै उक्त मिडियाको कार्यभार सम्हालेका छन् । मानन्धरले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुमा माथिल्लो तहमा रहेर काम [&hellip;]</p>

काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकिङ क्षेत्रको विशेष अनुभव भएका मानन्धरले फरक क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएका हुन् ।

नवनियुक्त सीईओ मानन्धरले आजै अर्थात बैशाख ३ गतेदेखि नै उक्त मिडियाको कार्यभार सम्हालेका छन् ।

मानन्धरले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुमा माथिल्लो तहमा रहेर काम गरेका छन् । हालै मात्रै मानन्धरले करिब तीन वर्ष दुबईको मस्रेक बैंकमा नेपालको नायब प्रतिनिधिको रुपमा काम गरेका छन् ।

बैंकर मानन्धरसँग बैंकिङ क्षेत्रको करिब २४ वर्षको अनुभव छ । साविकको नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका उनले त्यसपछि एनसीसी, स्ट्यान्डर्ड चार्टर्ड, बिजनेस युनिभर्सल, प्रभु, मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंकहुँदै प्राइम कमर्शियल बैंकमा विभिन्न माथिल्लो तहमा रहेर काम गरेका छन् ।

Share News