सिटी एक्सप्रेसको दशैँ तिहार योजनाको विजेता घोषित, साथै नयाँ लोगो सञ्चालनमा

<p>काठमाडौं, २१ पुस । दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर [&hellip;]</p>

city_express_new_logoकाठमाडौं, २१ पुस । दशैँ तिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरेका छन् ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतिय गोला प्रथा मार्फत छनौट गरेको हो । बम्पर उपहारको विजेताका रुपमा महोत्तरी स्थित लक्ष्मीनिया–७ निवासीे श्री सन्दिलिपकुमार महतो छनोट भएका छन् । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका छन् ।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा सँंग–सँगै कम्पनीले नयाँ लोगोपनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

Share News