यती डेभलपमेण्ट बैंकको सेयर स्वामित्व परिर्वतन, ५० प्रतिशत हकप्रद आँउदै

<p>काठमाडौं, २१ पुस । यती डेभलपमेण्ट बैंकको संस्थापक सेयर स्वामित्व परीवर्तन भएको छ । कम्पनीको सेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ । बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. [&hellip;]</p>

yeti_dev_bankकाठमाडौं, २१ पुस । यती डेभलपमेण्ट बैंकको संस्थापक सेयर स्वामित्व परीवर्तन भएको छ । कम्पनीको सेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

बैंकको चौंधौ बार्षिक साधारण सभाबाट पारित संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङ्ग ले स्विकृती प्रदान गरेको हो । परिवर्तन अघि बैंकको संस्थापक समूहको शेयर स्वामीत्व अनुपात ६८.३१ प्रतिशत तथा सर्वसाधारण समूहको ३१.६९ प्रतिशत रहेको थियो ।

साथै, बैंकले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात (२ बराबर १) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।

Share News