रामचन्द्र संघाई विरुद्ध व्यापारिक साँझेदार सुभाष खेतान र रमेश अग्रवालको ६ आरोप

<p>काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत हिस्सेदारका रुपमा रहेका खेतान र अग्रवालले राजश्व अनुसन्धान विभाग, अख्तियार, सम्पति सुद्धिकरण विभाग, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई बोधार्थ दिएर नेपाल [&hellip;]</p>

काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत हिस्सेदारका रुपमा रहेका खेतान र अग्रवालले राजश्व अनुसन्धान विभाग, अख्तियार, सम्पति सुद्धिकरण विभाग, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई बोधार्थ दिएर नेपाल आयल निगमलाई लेखेको पत्रमा संघाई विरुद्ध गम्भिर प्रकृतिका ६ वटा आरोप लगाइएको छ ।
ramchandra_sangai
रामचन्द्र संघाईले भारतबाट ग्यास ढुवानी गर्दा बढि रकम भाडा तिरेर राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गरेको आरोप पनि उनीहरुले लगाएका छन् । त्यस्तै, संघाईले ५० प्रतिशत लगानी कर्तालाई बाइपास गरेर उद्योग कब्जा गरेको, बुलेट ढुवानीमा बढि भाडा तिरेर राजश्व चुहावट गरेको, विदेशी मुद्रा अपचलन गरेको, उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पर्नेगरि न्युन गुणस्तरका सिलिण्डर बेचेको, भूकम्प र भारतीय नाका बन्दीका समयमा कालोबजारी गरेको लगायतका आरोप लगाएका छन् ।

उनीहरुले नेपाल आयल निगमलाई कात्तिक २५ गते पत्र लेखेर पिडिओ रोक्का गरि कारवाही अघि बढाउन माग गरेका थिए । संघाईले उपभोक्ताहित प्रतिकुल तथा राजश्व चुहावटको काम समेत गरेकाले उनी माथी तत्काल अनुसन्धान गरेर कारवाही गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

खेतान र अग्रवालले सिद्धार्थ ग्यास उद्योग प्रालीमा आफुहरुको ५० प्रतिशत हिस्सा रहेको र सो सम्बन्धी मुद्धा पाटन उच्च अदालतमा विचाराधिन रहेकाले पनि संघाईलाई अदालतको मानहानीको कारवाही पनि गरिनुपर्ने दावी गरेका छन् ।

Share News