काठमाडौं, २१ पुस । बिहीबार मात्र गुडविल फाइनान्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको ९ लाख ७ हजार ५ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर २८५ रुपैयाँमा किनबेच भएको छ ।