काठमाडौं, २१ पुस । बिहीबार नेप्से परिसूचक सामान्य ३ दशमलब ६८ अंकले घटेर १४५४ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३५ करोड रुपैयाँको कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १२ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ ।
बजार राताम्मे हुँदा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । एनबी इन्स्योरेन्स कम्पनी र कर्नाली डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.८८ र ९.७८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ ।
बिहीबार कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा र होटल समूहका परिसूचक क्रमशः ४१ र १५ अंकले घटेका छन् । अन्य बाँकी समूहको परिसूचकहरु सामान्य अंकले ओरालो लागेका छन् ।