सांग्रिला डेभलपमेन्ट बैंकमा कसमस डेभलपमेन्ट बैंक र कम्यूनिटी डेभलपमेन्ट बैंक गाभिने, चुक्ता पुँजी १ अर्ब ३८ करोड पुग्दै

<p>काठमाडौं, २१ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने (एक्वाएर गर्ने) भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । सांग्रिला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । दुई विकास बैंक गाभिएपछि सांग्रिलाको सेयर पुँजी करिव १ अर्ब ३८ रुपैयाँ हुने [&hellip;]</p>

shangrila-development-bankकाठमाडौं, २१ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने (एक्वाएर गर्ने) भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । सांग्रिला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । दुई विकास बैंक गाभिएपछि सांग्रिलाको सेयर पुँजी करिव १ अर्ब ३८ रुपैयाँ हुने छ । तर स्वाप रेसियोको कारण मर्जपछि उल्लेखित पुँजीमा केही कमी आउन सक्नेछ ।

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक सेयर पुँजी २० करोड ९५ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता २९० मा कारोबार भएको छ । यस बैंकले रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्लामा बैकिङ सेवा दिदै आएको छ ।

कसमस डेभलपमेन्ट बैंक गोर्खा जिल्लालाई कार्य क्षेत्र मानेर २०६७ सालदेखि सञ्चालनमा आएको एक जिल्ले बैंक हो । कसमसको सेयर पुँजी ९ करोड ८९ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको प्रति सेयर ४२८ रुपैयाँमा कारोबार भएको छ ।

एक्विजिशन प्रक्रियामा गएकाले नेपाल स्टक एक्स्चेञ्ज कम्पनीले कम्यूनिटी र कसमस दुबै बैंकको सेयर कारोबार बन्द गरेको छ ।

सांग्रिला बैंकले असोज मसान्तसम्ममा निक्षेप १० अर्ब र कर्जा ९ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ ।

कम्यूनिटी डेभलपन्ट बैंकमा निक्षेप १ अर्ब ६२ करोड छ भने कर्जा १ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

कसमस डेभलपमेन्ट बैंकमा करिव ८० करोड निक्षेम छ भने करिव ५१ करोड रुपैयाँ कर्जा छ ।

Share News