काठमाडौं, २१ पुस । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ ६ गतेदेखि १७५ प्रतिशत हकप्रद सेयरको आवेदन खुल्ला गर्ने भएको छ । कम्पनीका अनुसार पुस ९ गतेसम्म सेयर खरिद गर्नेहरुले आवेदन दिन सक्नेछन् ।
मञ्जुश्रीले एक कित्ता बराबर एक दशमलब ७५ कित्ताको अनुपातमा ४३ लाख ८६ हजार ३ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । फागुन ११ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका सम्पुर्ण शाखा, मञ्जुश्री फाइनान्सका सम्पुर्ण शाखा सहित त्रिवेणी विकास बैंक र महाकाली विकास बैंकका केही शाखाबाट फारम भर्न पाइने व्यवस्था गरेको छ ।