दूरसञ्चार प्राधिकरणले १७ जना कर्मचारी थप्ने, अब २ बरिष्ठ निर्देशक, सेवाअवधि ४ बर्ष

<p>काठमाडौं, २० पुस । नेपाल दूरसञ्चार प्राधिकरणले १७ जना कर्मचारी थप गर्ने भएको छ। दूरसञ्चार प्राधिकरणको शर्त सम्वन्धि विनियमावली २०७३ लाई पास गर्दै कर्मचारी थप गर्न लागेको हो। गत शुक्रवार प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ विनियमावली पास गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणमा २ बरिष्ठ निर्देशक र २ निर्देशकको दरबन्दी [&hellip;]</p>

काठमाडौं, २० पुस । नेपाल दूरसञ्चार प्राधिकरणले १७ जना कर्मचारी थप गर्ने भएको छ। दूरसञ्चार प्राधिकरणको शर्त सम्वन्धि विनियमावली २०७३ लाई पास गर्दै कर्मचारी थप गर्न लागेको हो। गत शुक्रवार प्राधिकरण सञ्चालक समितिको बैठकले नयाँ विनियमावली पास गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए।

nta

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय दूरसंचार प्राधिकरणमा २ बरिष्ठ निर्देशक र २ निर्देशकको दरबन्दी बोर्डले स्वीकृत गरेको छ । प्राधिकरणमा यसअघि ५५ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जनाको थप दरबन्दी सृजना गरिएको छ।

२०६८ मा सरकारले संगठनात्मक संरचना स्वीकृत नगरी कर्मचारी भर्ना गर्न नपाउने निर्देशन दिएपछि प्राधिकरणमा जनशक्ति अभाव थियो। प्राधिकरण बोर्डले ७४ जनाको दरबन्दी स्वीकृति गरेको छ। ओएण्डएम स्वीकृति भएपछि अब प्राधिकरणलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्ला भएको छ। बरिष्ठ निर्देशक र निर्देशकहरुको कार्यकाल पनि तोकिएको छ। अब बरिष्ठ निर्देशकको पदावधि ४ बर्षको हुनेछ।

अब प्राधिकरणमा दुईजना प्राविधिक तर्फका र दुईजना प्रशासनिक सेवा तर्फका डाइरेक्टर रहने र एकजना थप अर्का डाइरेक्टर रहने अर्यालले बताए।

प्राधिकरणको सांगठनिक ढाँचामा पनि परिवर्तन गरिएको छ। जसअनुसार पाँच वटा विभागको परिकल्पना गरिएको छ। जसमा दुई प्रशासनिक तीन प्राविधिक प्रस्ताव गरिएको छ। अब प्राधिकरणको सांगठनिक ढाँचामा १५ वटा शाखा हुनेछन्।

थप दरबन्दिपछि प्राधिकरणमा अब वरिष्ठ निर्देशक दुई, निर्देशक पाँच, उपनिर्देशक १४, सहायक निर्देशक २७, सहायक प्रथम ११, चालक स्थियी तीन, करार आठ, र परिचर स्थियी तीन, करार ६ दरबन्दी गरी कुल ७६ दरवन्दी रहने छन्।

Share News