नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्दा ३२ करोडको सेयर करोबार

<p>काठमाडौं, २० पुस । बुधबार नेप्से परिसूचक सामान्य एक अंकले उकालो लागेको छ । बजार बन्द हुँदा परिसूचक एक अंकले बढेर १४५७ दशमलब ८२ अंकमा पुगेको छ । सो दिन बजारमा १२४ कम्पनीको ६ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार बजारमा ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ [&hellip;]</p>

nepse_wedकाठमाडौं, २० पुस । बुधबार नेप्से परिसूचक सामान्य एक अंकले उकालो लागेको छ । बजार बन्द हुँदा परिसूचक एक अंकले बढेर १४५७ दशमलब ८२ अंकमा पुगेको छ । सो दिन बजारमा १२४ कम्पनीको ६ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार बजारमा ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको सुधार आएपनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ८६ दशमलब ४४ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् भने बाँकी कारोबार भएका समूहको परिसूचक ओरालो लागेका छन् ।

सो दिन सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

बजारमा कर्नाली डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड बढी रुपैयाँको सेयर करोबार भएको छ ।

Share News