काठमाडौं, २० पुस । साङ्ग्रीला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंक एक्वाएर गर्ने भएको छ । साङ्ग्रीला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने कसमस डेभलपमेन्ट बैंक गोर्खा जिल्लालाई कार्य क्षेत्र मानेर २०६७ सालदेखि सञ्चालनमा आएको एक जिल्ले बैंक हो ।
साङ्ग्रीला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । यस बैंकले निक्षेप १० अर्ब र कर्जा ९ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ । कसमसको सेयर पुँजी ९ करोड ८९ लाख रुपैयाँ छ । यस बैंकमा करिव ८० करोड निक्षेम छ भने करिव ५१ करोड रुपैयाँ कर्जा छ ।