विदेश पढ्नेको नाममा बाहिरियो ८० अर्ब बढी रकम

<p>काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले अध्ययन प्रयोजनका लागि भनेर ८० अर्ब रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ८० अर्ब १४ करोड रुपैयाँ लगेका हुन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा अवधिमा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश अध्ययन गर्न गएकाहरुले अध्ययन प्रयोजनका लागि भनेर ८० अर्ब रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले ८० अर्ब १४ करोड रुपैयाँ लगेका हुन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जम्मा अवधिमा ५४ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा विदेश भ्रमण प्रयोजनका लागि नेपालीले ५१ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन्, जुन शिर्षकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा खुद सेवा आय ४४ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

Share News