काठमाडौं, १९ पुस । कुमारी बैंकले ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार रूपैयाँको एक करोड ३४ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५३० रुपैयाँमा कारोबार भएको छ ।