पाँच महिनापछि तात्यो लेखा समिति, आधा दर्जन अनियमितताका फाइल खुल्दै

<p>काठमाडौं, १९ पुस ।  व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति पाँच महिनापछि पुनः तातेको छ । समितिका सभापति जनार्दन शर्मा उर्जामन्त्री भएदेखि कुनै बैठक समेत राख्न नसकेको समितिले एकै पटक आधा दर्जन भन्दा बढि अनियमितताका फाइल अघि बढाउने निर्णय गरेको हो । मंगलबार समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बसेको समितिको बैठकले सोलु करिडोर, नेपाल टेलिभिजनको [&hellip;]</p>

public_account_committeeकाठमाडौं, १९ पुस ।  व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति पाँच महिनापछि पुनः तातेको छ । समितिका सभापति जनार्दन शर्मा उर्जामन्त्री भएदेखि कुनै बैठक समेत राख्न नसकेको समितिले एकै पटक आधा दर्जन भन्दा बढि अनियमितताका फाइल अघि बढाउने निर्णय गरेको हो ।

मंगलबार समितिका जेष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा बसेको समितिको बैठकले सोलु करिडोर, नेपाल टेलिभिजनको खरिद प्रक्रियामा भएको अनियमितता, भूकम्पपछिको राहत वितरणमा आइएनजिओले गरेको अनियमितता, नेपाल प्रहरीको ज्याकेट खरिदमा भएको अनियमितता, डलरमा गर्ने भनिएको पिपिए सम्झौता लगायतका फाइल एकै पटक अघि बढाउने निर्णय गरेको हो ।

‘साउन २८ गतेपछि हामी पहिलो पटक बैठक बसिरहेका छौं, अब थाँती रहेका आधा दर्जन काण्डका फाइल एकै पटक खोल्नुपर्छ’, समिति बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाले भने । लेखा समितिले बेरुजु फस्र्योटका लागि गठन गरेका १० वटा उप समितिको कामलाई समेत यथासिघ्रसम्पन्न गर्ने निर्णय पनि गरेको छ । हाल ३२८ अर्ब रुपैंयाँ बेरुजु फस्र्योट गर्न बाँकी रहेको छ ।

२० वटा उजुरीको चाङ
साउन २८ देखि हालसम्म समितिमा २० वटा उजुरी परेका छन् । बिभिन्न खाले सार्वजनिक खरिद तथा निर्माण लगायतका काममा अनियमिता भएको भन्दै सर्वसाधारणले सो संख्यामा उजुरी दर्ता गराएका हुन् । समितिले सभापतिको नेतृत्वमा काँग्रेसका डा. मिनेन्द्र रिजाल र एमालेका विकास लम्साल सदस्य रहेको उजुरी छानबिन समिति मार्फत ती उजुरीको छनौट गरेर समितिमा पेश गर्ने निर्णय पनि गरेको थियो ।

त्यस्तै, व्यवस्थापिका संसदको नियमावलीमा व्यवस्था रहे बमोजिम जेष्ठ सदस्यको नेतृत्वमा बैठक बसेको एक महिना भित्र सभापति चयन गर्नु पर्ने नियम अनुसार चाडै सभापतिको निर्वाचन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

Share News