बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त, बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा जोड दिइने

<p>काठमाडौं, १८ पुस । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त भएका छन् । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री कृष्णवहादुर महराले चापागाई, डा रविन्द्र घिमिरे र रमेश भट्टराईको नाम सिफारिस गरेका थिए । चापागाईलाई नियुक्त गर्ने निर्णय गत विहीबार कै मितिमा भएको र त्यसमा आफूले सोमबार हस्ताक्षर गरेको मुख्यसचिव सोमलाल सुवेदीले विकासन्युजलाई बताए । नवनियुक्त [&hellip;]</p>

chiranjibi_chapagaiकाठमाडौं, १८ पुस । बीमा समितिको अध्यक्षमा चिरञ्जीवि चापागाई नियुक्त भएका छन् । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री कृष्णवहादुर महराले चापागाई, डा रविन्द्र घिमिरे र रमेश भट्टराईको नाम सिफारिस गरेका थिए ।

चापागाईलाई नियुक्त गर्ने निर्णय गत विहीबार कै मितिमा भएको र त्यसमा आफूले सोमबार हस्ताक्षर गरेको मुख्यसचिव सोमलाल सुवेदीले विकासन्युजलाई बताए ।

नवनियुक्त चापागाई नेपाल राष्ट्र बैंकका निर्देशक हुन् । उनी हाल पोखारा शाखाको प्रमुखको रुपमा कार्यरत छन् । उनी विगत २७ वर्षदेखि राष्ट्र बैंकमा कार्यरत छन् ।

बाग्लुङमा जन्मेका चापागाईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए र पछि पूर्वाञ्चाल विश्वविद्यालयबाट एक्जिक्यूटिभ एमबीए (दोस्रो) सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

नेपालको सशक्त नियमनकारी निकाय राष्ट्र बैंकमा २७ वर्ष काम गरेको अनुभव बीमा क्षेत्रमा प्रयोग गर्ने चापागाईले बताए । विकासन्युजसँग संक्षिप्त कुरा गर्दै उनले भने–‘राष्ट्र बैंकमा ७ वर्ष रेगुलेशन डिपार्टमेन्टमा काम गरको अनुभव छ । पाँचौ राष्ट्रिय पारिवारिक सर्वेक्षणको सफल नेतृत्व गरेको अनुभव छ । आफ्नो क्षमता र अनुभव बीमा क्षेत्रमा प्रयोग गर्छु ।’

बीमा सेवाको पुहुँच विस्तार, नीतिगत सुधार र प्रभावकारी नियमनमा आफूले जोड दिने उनले बताए ।

Share News