कृषि क्षेत्रमा ५ महिनामै थपियो सवाँ दुई अर्ब लगानी थपियाे, विगतकाे तुलनामा उच्च

<p>काठमाडौं, १८ पुस । चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो ५ महिनामा कृषिजन्य उद्योगमा दुई अर्ब २६ करोड ८५ लाख रुपैयाँभन्दा बढी लगानी थप भएको छ । चालू आवको यस अवधिमा भएको सो लगानी क्षेत्रगत रुपमा हेर्दा हालसम्मकै सर्वाधिक हो । आव २०६९/७० मा ५४ वटा कृषि तथा वनजन्य उद्योगमा करिब २ अर्ब अर्थात एक [&hellip;]</p>

agricultureकाठमाडौं, १८ पुस । चालू आर्थिक वर्ष २०७३/७४ को पहिलो ५ महिनामा कृषिजन्य उद्योगमा दुई अर्ब २६ करोड ८५ लाख रुपैयाँभन्दा बढी लगानी थप भएको छ । चालू आवको यस अवधिमा भएको सो लगानी क्षेत्रगत रुपमा हेर्दा हालसम्मकै सर्वाधिक हो । आव २०६९/७० मा ५४ वटा कृषि तथा वनजन्य उद्योगमा करिब २ अर्ब अर्थात एक अर्ब ९९ करोड २२ लाख लागनी भएको छ ।

कृषिक्षेत्र देश सरकारको पहिलो प्राथमिक क्षेत्र हुनका साथै यसमा विभिन्न सेवा सुविधा तथा अनुदानका कारण पनि कृषि क्षेत्रमाा लगानी बढेको हो । बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादको उत्तम र सहज उपाय कृषिजन्य वस्तु हो,’ कृषि विकास मन्त्रालयका प्रवक्ता योगन्द्र कार्कीले भने ‘यसको उत्पादनमा वृद्धि नगरिएसम्म नेपालमा आयात प्रतिस्थापनलगायत समृद्ध सम्भव छैन ।’ त्यसैले सरकारले यसमा लगानी वर्षैपिच्छे बढाउँदै लगेको हो ।

‘सरकारले कृषि क्षेत्रको विकासको लागि दीर्घकालीन, मध्यकालीन तथा छोटा अवधिका रणनीति तयार पारेको छ , उनी भन्छन् ‘२० वर्षे कृषि रणनीतिमार्फत नेपाललाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । डेढ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज नेपाल भित्रिरहेको सन्दर्भमा आयात विस्थापन गर्न चुनौती छ र त्यो चुनौतीको सामना गर्न ठूलो लगानी आवश्यक पर्छ । यसले पनि लगानीकर्तालाई आकर्षित गरेको हुनसक्छ ।’

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा कृषि तथा वनजन्य उद्योगको क्षेत्रमा सवा दुई अर्ब बराबर रुपैयाँ नयाँ लगानी प्रतिबद्धता भएको छ । यो रकम अघिल्ला आर्थिक वर्षको तुलनामा सर्वाधिक हो । मङ्सिर मसान्तसम्ममा दुई ठूला, एउटा मझौला र पाँच ओटा साना गरी जम्मा आठ ओटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये तीन ओटा सानाबाहेक बाँकी सबै उद्योगमा शतप्रतिशत स्वदेशी लगानी भएको विभागले जानकारी दिएको छ । ठूला दुईओटा उद्योगमा मात्रै दुई अर्ब २० करोड रुपैयाँबराबरको लगानी देखिएको छ । कृषि तथा वनजन्य उद्योगको क्षेत्रमा ठूला लगानीमा उद्योग खुल्न थालेसँगै लगानीको आकार समेत बढेको हो ।

लगानीकर्ताले कृषिक्षेत्रमा आधारित उद्योगको भविष्य विस्तारै बुझ्दै गएसँगै लगानीसमेत बढ्न थालको नेपाल उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष भवानी राणाले बताइन् । अन्य उद्योगमाभन्दा छोटो समयमा राम्रो प्रतिफल दिने क्षेत्र कृषि भएकाले पनि यसमा लगानीको आकर्षण बढेको हो । ‘यसका साथै उत्पादन गर्न सके बजारको अभाव पनि छैन,’ उनले भनिन् ‘स्पष्ट कानुनी आधारहरु तय भए यो लगानी अझ बढ्छ ।

हालसम्म खुलेका चार सय तीन कृषि तथा वनजन्य उद्योगमा कुल १९ अर्ब ७५ करोड ६४ लाख २० हजार रुपैयाँ लगानी भएको विभागले जानकारी दिएको छ । ती उद्योगबाट ३४ हजारभन्दा बढीको संख्यामा रोजगारी सृजना गरेको अनुमान छ । विभागमा आव २०७०/७१ मा ४६ ओटा कृषि उद्योग दर्ता भएको थियो भने एक अर्ब ५६ करोड ६६ लाख लगानी प्रतिवद्धता भई एक हजार ६ सय २७ लाई रोजगारी दिने प्रतिवद्धता थियो । आर्थिक वर्ष २०७१/७२ र ०७२/७३ मा यस्तो लगानी क्रमशः एक अर्ब ५१ करोड र ९८ अर्ब लगानी प्रतिवद्धता भएको छ ।

Share News