दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चले दियो आदेश

<p>काठमाडौं । सर्वोच्च अदालतले झापामा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । बी एन्ड सी मा मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर गरेको मुद्दामा सर्वोच्चले दुर्गा प्रसाईंको पक्षमा फैसला गरेको हो । चिकित्सा शिक्षा आयोगले बीएन्डसी कलेजलाई मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले झापामा रहेको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । बी एन्ड सी मा मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर गरेको मुद्दामा सर्वोच्चले दुर्गा प्रसाईंको पक्षमा फैसला गरेको हो ।

चिकित्सा शिक्षा आयोगले बीएन्डसी कलेजलाई मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए। न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

Share News