आशा लघुवित्तको थप दुई शाखा तनहुँमा सञ्चालन, अझै ५ स्थानमा खोल्ने तयारी

<p>काठमाडौं, १७ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक थप २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । संस्थाले तनहुँको तुरतुरे र खैरेनीटारमा आफ्नो दुई कार्यालय सञ्चालन गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले तुरतुरे शाखाको उदघाटन गरेका छन् भने खैरेनीटार शाखाको उद्घाटन संस्थाका संचालक प्रदिपकुमार खडकाले गरेका छन् । संस्थाले न्यून [&hellip;]</p>

asha_laghubitta_2branch_tanकाठमाडौं, १७ पुस । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक थप २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । संस्थाले तनहुँको तुरतुरे र खैरेनीटारमा आफ्नो दुई कार्यालय सञ्चालन गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष रामबहादुर पाण्डेले तुरतुरे शाखाको उदघाटन गरेका छन् भने खैरेनीटार शाखाको उद्घाटन संस्थाका संचालक प्रदिपकुमार खडकाले गरेका छन् ।

संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयवृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराएको छ ।

साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले तनहुँ जिल्लामा २ वटा शाखा खोलेको जानकारी संस्थाका विभागिय प्रमुख जीवन खनालले दिएका छन् । साथै संस्थाको चितवन, धादिङ्, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।

Share News