सबैभन्दा बढी सकस भोगेको एनसीसी र चार विकास बैंक मर्ज सम्पन्न, तीन वर्षपछि राष्ट्र बैंक आजै फर्कदै

<p>काठमाडौं, १७ पुस । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच मर्ज भई आईतबारदेखि एकिकृत कारोबार हुँदैछ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष संलग्नतामा भएको भएको यो मर्ज प्रक्रिया निकै लामो मात्र भएन, निकै सकसपूर्ण रुपमा सफल हुनु पुगेको छ । एनसीसी बैंकमा अन्य [&hellip;]</p>

काठमाडौं, १७ पुस । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच मर्ज भई आईतबारदेखि एकिकृत कारोबार हुँदैछ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष संलग्नतामा भएको भएको यो मर्ज प्रक्रिया निकै लामो मात्र भएन, निकै सकसपूर्ण रुपमा सफल हुनु पुगेको छ ।
ncc_bank
एनसीसी बैंकमा अन्य चार वटा विकास बैंक मर्ज भएको अभिलेखिकरण कम्पनी रजिष्ट्रारले विहीबार गरेपछि यो यो मर्जर प्रक्रियामा सहभागी सबै निकै खुशी भएका छन् । मंसिर १९ गते नेपाल राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिए पनि एनसीसी बैंकका प्रवद्र्धकबीच विवाद र अदालतमा भएको मुद्दामामिलाका कारण कम्पनी रजिष्ट्रारको कार्यलयले मर्जको अभिलेखिकरण गर्न मानेको थिएन । एनसीसी बैंकका ३० प्रतिशत सेयरधनीको माग अनुसार मंसिर २० गते कम्पनी रजिष्ट्रार कार्यालयले एनसीसी बैंकलाई विशेष साधारणसभा गर्न निर्देशन दिएपछि मर्जर प्रक्रिया नै विथोलिने हो कि भन्ने भए देखिएको थियो ।

यस्तो छ नयाँ सञ्चालक समिति


नयाँ सञ्चालक समितिमा उपेन्द्रकेशरी न्यौपाने अध्यक्ष छन् । सञ्चालक समितिमा एनसीसीको तर्फबाट न्यौपाने, सांसद तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ चार जना भएका छन् ।

त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंकको तर्फबाट विष्णुप्रसाद धिताल, इन्टरनेशनल डेभलपमेन्ट बैंकको तर्फबाट माधवप्रसाद भट्ट, सुप्रिम डेभलपमेन्ट बैंकको तर्फबाट चन्द्रप्रसाद बास्तोला र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको तर्फबाट इमानसिंह लामा सञ्चालक समिति सदस्य भएका छन् । यसअघि उनीहरु सोही बैंकका अध्यक्ष थिए ।

नयाँ सञ्चालन समितिलाई नेपाल राष्ट्र बैंकबाट आएको सञ्चालक समितिलाई आइतबार साँझ जिम्मेवारी हस्तान्तरण कार्यक्रम रहेको एनसीसी बैंक सञ्चालक समिति संयोजक लक्ष्मीप्रपन्न निरौलाले बताए । विज्ञ सञ्चालक नयाँ सञ्चालक समितिले नियुक्त गर्ने निरौलाले बताए ।

तर मर्जर पार्टनरहरुबीचको संयमता, राष्ट्र बैंक, उद्योग मन्त्रालयसहित सरकारको ठूलै शक्तिको बलमा यो मर्जर प्रक्रिया टुंगियो । कम्पनी रजिष्ट्रारको कार्यालयले ढिलै भए पनि मर्जरको अभिलेख गर्ने निर्णय गरेर सहि निर्णय लिएको छ ।

‘गम्भिर कानुनी पुरामर्श गरि आवश्यक सबै प्रक्रिया पुरा गरेर मजरको अभिलेखिकरण गर्ने निर्णय भएको छ’ कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले भने–‘मर्जर भई बनेको बैंकको प्रबन्ध पत्र र नियममावली समेतमा राष्ट्र बैंकले सहमति दिएपछि र यहि विषयमा वुटवल उच्च अदालतको निर्णयलाई नजिर मानेर मर्जरको अभिलेखिकरण गर्ने निर्णय गरिएको उनले बताए ।’

विहीबार बसेको मर्जर कमितिको संयुक्त बैठकले एकिकृत कारोबार आईतबार गर्ने निर्णय गरेको छ । पुस १७ गते आईतबार एनसीसी बैंकको मुख्य कार्यालयमा औपचरिक कार्यक्रम गरी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीविबाट एकिकृत कारोबार गर्ने कार्यक्रम तय भएको छ ।
मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ हुनेछ । बैंकको शाखा ९६ वटा र कर्मचारी १ हजार २८ जना हुनेछन् । निक्षेप ५४ अर्ब ३७ करोड र कर्जा लगानी ४८ अर्ब ६३ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षभित्र बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउने लक्ष्य छ । पुँजी र कर्मचारी संख्याको तुलनमा बिजनेश पोर्टफोलियो (निक्षेप र कर्जा) सानो भएकोले बैंकलाई नाफामा असर गर्ने देखिएको छ ।

Share News