काठमाडौं, १५ पुस । सेवा विकास बैंक लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने भएको छ ।

शुक्रबार सम्पन्न कम्पनीको दशौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई सो मात्रामा लाभांश दिने बैंकको प्रस्तावलाई पारित गरेको हो । सभामा बैंक संचालक समितिका अध्यक्ष भिमप्रसाद तुलाचनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा नोक्सान सर्वसम्मत रुपमा पारित भएको छ ।
बुटवलमा रहेको केन्द्रीय कार्यालय सहित हाल बैंकले १३ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७५ हजार भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ् सेवा दिँदै आएको छ । बैंकले हाल करिब ५ अर्ब २४ करोडभन्दा बढी रुपैयाँ निक्षेप र करिब ४ अर्ब ७४ करोड भन्दा बढि रुपैयाँ कर्जा परिचालन गरेको छ ।
साथै, बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंग मर्जको लागि सम्झौता गरेको छ ।