बीमा समिति अध्यक्षको दौड, कसकाे नाम छ प्रधानमन्त्रीको खल्तीमा ?

<p>काठमाडौं, १५ पुस । बिहिबार मध्यान्हपछि पोखरा विश्व विद्यालयका निर्देशक डा. रबिन्द्र घिमिरेको फेसबुकमा एकाएक बधाईको ओइरो लाग्यो । मन्त्रिपरिषद् बैठकले घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको भन्दै उनको फेसबुक वालमा प्रशस्तै बधाई सन्देशहरु आए । केहि सञ्चार माध्यमहरुमा पनि घिमिरे बीमा समितिको अध्यक्ष नियुक्त भएको खबर आए । तर घिमिरे स्वंयले भने नियुक्तीको औपचारिक जानकारी [&hellip;]</p>

काठमाडौं, १५ पुस । बिहिबार मध्यान्हपछि पोखरा विश्व विद्यालयका निर्देशक डा. रबिन्द्र घिमिरेको फेसबुकमा एकाएक बधाईको ओइरो लाग्यो । मन्त्रिपरिषद् बैठकले घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्त गरेको भन्दै उनको फेसबुक वालमा प्रशस्तै बधाई सन्देशहरु आए ।rabindra_ghimire

केहि सञ्चार माध्यमहरुमा पनि घिमिरे बीमा समितिको अध्यक्ष नियुक्त भएको खबर आए ।

तर घिमिरे स्वंयले भने नियुक्तीको औपचारिक जानकारी नपाएको बताए । ‘मलाई बीमा समितिको अध्यक्षमा नियुक्ती गरिएको बारे औपचारिक जानकारी पाएको छैन’, घिमिरेले विकासन्युजसँग भने ।

अर्थमन्त्रालयमा बीमा समिति समेत हेर्ने संस्थान समन्वय महाशाखाका प्रमुख आनन्द ढकालले पनि बीमा समितिको अध्यक्ष नियुक्तीको सम्बन्धमा औपचारिक जानकारी आफूलाई नभएको जानकारी दिए ।

मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार अर्थमन्त्रीले प्रस्ताव ल्याएका थिए तर निर्णय हुन सकेन । ती मन्त्रीका अनुसार महराले डा. रबिन्द्र घिमिरे, चिरञ्जीवी चापाँगाईँ र रमेश कुमार भट्टराईको नाम पेश गरेका थिए ।

तर प्रचण्डले यो बिषयमा पछि फाइनल गरौँला भनेर बिषयान्तर गरेकाे ती मन्त्रीले विकासन्युजसँग भने ।

मुख्य सचिव डा. सोमलाल सुवेदीका अनुसार बीमा समितिको अध्यक्ष नियुक्तीबारे मन्त्रिपरिषद बैठकमा कुरा उठेको हाे तर निर्णय पुस्तिकामा लेखिएको छैन ।  ‘अर्थमन्त्रीज्युले बीमा समितिको अध्यक्ष नियुक्तीका लागि केहि नाम प्रस्ताव गर्नुभएको थियो तर माइन्युट भएको छैन् ।’ मुख्य सचिव डा. सुवेदीले विकासन्युजसँग भने ।

 

स्राेतका अनुसार अर्थमन्त्री महराले रबिन्द्र घिमिरेलाई बीमा समिति अध्यक्ष बनाउन चाहेका छन् । उनले पेश गरेको सूचिमा पनि घिमिरेको नाम एक नम्बरमा छ । तर माओवादी केन्द्रकै अर्का नेता दिनानाथ शर्मा लगायतको अर्काे समूहले भने चापागाइँलाई नियुक्ती दिलाउन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

rabindra_ghimire_1

अनुभवीहरूकाे अनुसार यस्तो अवस्थामा प्रधानमन्त्रीले चाहेको व्यक्ति नियुक्त हुने गरेको छ । प्रधानमन्त्री प्रचण्डले तीन जनामध्ये एक जनालाई नियुक्त गर्छन वा प्रधानमन्त्रीको खल्तीमा अरु कोही व्यक्तिको नाम छ ? त्यो भने अनिश्चित छ ।

पुस ७ गतेदेखि बीमा समितिको अध्यक्ष पद खाली छ । कार्यकारी अध्यक्ष पद खाली हुँदा बीमा समितिको दैनिक काम प्रभावित भएको छ । बीमा कम्पनीहरुको वार्षिक साधारणसभा लगायत नियमित गतिविधि रोकिएका छन् । बीमा एजेन्टहरुको हड्तालले जीवन बीमा कम्पनीहरुको नयाँ कारोबार पूर्ण रुपले बन्द भएको छ ।

Share News