पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवालीले दिए प्रष्टिकरण, ‘यथार्थ स्पष्टिकरण यथासमयमा’

<p>काठमाडौं, १४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्पष्टीकरण बुझाएको छ । स्पष्टीकरणमा लेखिएका विषय ‘यथासमयमा सार्वजनिक’ गर्ने जनाउँदै ज्ञवालीले विहीबार प्रेस विज्ञप्ति जारी गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल [&hellip;]</p>

sushil_gyawali_1काठमाडौं, १४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्पष्टीकरण बुझाएको छ । स्पष्टीकरणमा लेखिएका विषय ‘यथासमयमा सार्वजनिक’ गर्ने जनाउँदै ज्ञवालीले विहीबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल सरकारको तर्फबाट मैले सम्पादन गरेको कार्य बारे स्पष्टिकरण माग गरिएको सम्बन्धमा उठेका सार्वजनिक जिज्ञासाका सम्बन्धमा आफूले प्रेस नोट जारी गर्नु परेको उनले बताएका छन् ।
तर ‘पत्रमा उठाइएका विषयवस्तुहरुका सम्बन्धमा यथार्थ स्पष्टिकरण यथासमयमा प्रस्तुत हुने नै छ’ भन्दै उनले स्पष्टिकरणमा उल्लेख विवरण सार्वजनिक गरेका छैनन् ।

स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेको उनले बताएका छन् ।

‘यस अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु’ ज्ञवालीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

Share News