
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले संरचना हटाउने भन्दै डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाएको छ । स्थानीयले हटिया लाइन क्षेत्रमा ढुंगामुढा गरेका हुन् ।
डोजरले संरचना भत्काउन थालेपछि व्यवसायीहरू एक्कासि ढुंगामुढामा उत्रिएका थिए ।
ढुंगामुढापछि झडपको स्थिति आउँदा भागदौडसमेत मच्चिएको छ । गत माघ १७ गते नगरपालिकाले व्यापारीहरूलाई आफ्ना संरचना भत्काएर हट्न अनुरोध गरेको थियो ।
त्यसविरुद्ध व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । विकल्पै नदिइ हटाउन खोजिएको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका थिए ।