काठमाडौं, १४ पुस । बिहीबार नेप्से परिसूचक ३० दशमलब २३ अंकले बढेर १४४३ दशमलब ३८ अंकमा पुगेको छ । लगातार ओरालो लागिरहेको सेयर बजारमा बुधबारदेखि भने केही सुधारको सङ्केत देखिएको छ । बुधबार सामान्य ५ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ ।
बुधबारको तुलनामा सेयर करोबार रकममा पनि वृद्धि भएको छ । बिहीबार ५६ करोड ६४ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । उक्त रकम बुधबारको भन्दा १० करोड रुपैयाँ बढी हो । बिहीबार सेयर बजारमा १२६ कम्पनीको १० लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, बैंकिङ्, फाइनान्स र विकास बैंक समूहका परिसूचकहरु दाहोरो अंक क्रमशः ५५, २८, २१, २० अंकले उकालो लागेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १० र १.७३ अंकले बढेका छन् ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८०० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड र बैंक अफ काठमाण्डूको २ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबार एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी ललितपुर फाइनान्सको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।