होहल्ला गरि पड्काउदै हिड्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा, साढे ७ लाख जरिवाना

<p>काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा होहल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनि प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन (मोडिफाई) गरी समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीको [&hellip;]</p>

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा होहल्ला गर्दै मोटरसाईकल पड्काउदै हिड्ने तथा ध्वनि प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन (मोडिफाई) गरी समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा गत भदौ २५ गतेदेखि पहिलो प्राथमिकतामा राखी स्वरूप परिवर्तन (मोडिफाई) गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाईपबाट आगो समेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गर्दै आई रहेको थियो ।

साथै, उक्त मोटरसाइकललाई कारवाही गरेवापत ७ लाख ४२ हजार रुपैयाँ जरिवाना तिारइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पछिल्लो तीन दिनमा मात्रै ५९ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिई तालुक जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

Share News