काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा सञ्चालक पोखरेललाई नियुक्त गरेको हो ।
यसअघि संस्थाको अध्यक्षमा प्रदीप अधिकारी थिए । उनले दिएको राजीनामा फागुन १० गतेदेखि नै लागू हुने गरी स्वीकृत भइसकेको बताइएको छ ।