पहाडी भेगमा वर्षाको सम्भावना

<p>काठमाडौं । सोमबार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्&#x200d;चिमी वायु केही बलियो देखिँदा कर्णाली र सुदूरपश्&#x200d;चिममा थोरै तथा बाँकी पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्&#x200d;चिमलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही [&hellip;]</p>

काठमाडौं । सोमबार देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्‍चिमी वायु केही बलियो देखिँदा कर्णाली र सुदूरपश्‍चिममा थोरै तथा बाँकी पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने पूर्वानुमान छ।

सुदूरपश्‍चिमका थोरै तथा बाँकी पहाडी भेगका १–२ स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, सुदूरपश्‍चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली भेगका थोरै तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत देशको पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्‍चिम र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम तथा लुम्बिनीलगायत देशका बाँकी पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै, सुदूरपश्‍चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्कादेखि मध्यम, गण्डकीका उपल्लो भेगका थोरै र बाँकी उच्च पहाडी र हिमाली इलाकाका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

Share News