काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् ।
फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर्णलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन ६ गतेबाट नै लागु हुनेगरी नियुक्त गरिएको संस्थाले जनाएको छ ।