काठमाडौं । मञ्जुश्री फाइनान्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा पदम ठकुल्ला नियुक्त भएका छन् ।
फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ठकुल्लालाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले फागुन ६ गते देखि लागू हुनेगरि डीसीईओ पदको कार्यभार सम्हालेका छन् ।